विदेश

चीनले पत्ता लगायो कोरोनाविरुद्धको भ्याक्सिन

चीनले पत्ता लगायो कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी ।  चिनियाँ सेनाको मेजर जनरलको टीमले कोरोना भाइरस (कोविड १९) बिरुद्धको ब्यक्सिन पत्ता लगाएका छन । विश्वभरका ७० भन्दा बढी देशमा महामारीको रुपमा फैलिएको कोरोनाले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा चिनियाँ सेनाले उक्त भ्याक्सिन बनाएको हो ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । शेनको टीमले कोरोनाविरुद्धको खोपको ‘क्लिनकल एप्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो महामारीको रोकथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रोकिने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने – वैज्ञानिकहरुको एक शक्तिशाली नेतृत्व प्रणाली । ताकि तिनीहरूले विशिष्ट प्रकारका भाइरस र कीटाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’

मेजर जनरल चीनको सबैभन्दा चिनिएको जैव रासायनिक विशेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा निमोनियाजस्ता हजारौं मानिसलाई बिरामी पारेको अज्ञात भाइरस बुझ्नको लागि प्रयास गरिरहेका छन् । चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ ।

विशेष