News

मौसमविद् भन्छन्, ‘शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्छ, सचेत रहनुहोस्’

मौसमविद् भन्छन्, ‘शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्छ, सचेत रहनुहोस्’

काठमाडौंः आज पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविदका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको छ ।

मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदो शनिबारसम्म नै केही ठाउँमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेकाले सचेत रहन माैसमविदले अनुराेध गरेका छन् । 

प्रि–मनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भएर बेलुकाको समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्नु स्वभाविक भएको मौसमविद्ले बताएका छन् ।

हुरीबतास चट्याङ असिना पानी

विशेष