विदेश

कोरोना भाइरस: इटलीका स्कुल कलेज बन्द

कोरोना भाइरस: इटलीका स्कुल कलेज बन्द

काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) हाल देशभरका ७० भन्दा बढी देशहरुमा फैलिएका छन ।  कोरोनाका कारण चीनपछि इटलीमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन । 

इटालीमा कोरोना भाइरसका कारण हालसम्म ५२ जनाको मृत्यु भईसकेको छ भने २ हजार भन्दा बढी संक्रमित छन । देशभर संक्रमण बढ्दो क्रममा रहेकाले इटाली सरकारले स्कुल कलेज बन्द गर्ने घोषणा गरेको छ । सरकारले मार्च २५ सम्म स्कुल कलेज बन्द गर्ने घोषणा गरेको हो। 

बुधवार इटलीको राजधानी रोममा बसेको मन्त्रीपरिषदको बैठकले गरेको निर्णय अनुसार मार्च १५ सम्म सम्पूर्ण स्कुल कलेज बन्द रहनेछ । संक्रमण फैलनबाट सतर्कता अपनाउन यो निर्णय गरिएको हो । कोरोनाभाइरसले कत्तिको असर पुर्याउछ वा कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेमा सरकार लागिरहेकाले एक हप्ता सबैलाई सतर्कता अपनाउन इटली सरकारले जनाएको छ । 

इटली स्कुल कलेज बन्द

विशेष