News

जिप दुर्घटनामा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते

जिप दुर्घटनामा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते

गोरखाः गोरखाको मान्बुमा बुधबार राति भएको जिप दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडा सचिवको मृत्यु भएको छ । प्रहरीका अनुसार लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते भएका छन् ।

काशी गाउँमा आयोजना गरिएको अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमका लागि उपाध्यक्ष गुरुङ र कर्मचारीसहितको टोली मान्बु जाँदै थिए । त्यही क्रममा उनीहरुले प्रयोग गरेको ग १ ज ५५०५ नम्बरको बोलेरो जिप दुर्घटना मान्बुको धोरतमा भएको हो । उनीहरु आरुघाट मान्बु सडक हुँदै काशी गाउँ जाँदै थिए ।

घाइतेहरुलाई घटनास्थलबाट आधा घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा राखिएको छ । उनीहरुलाई उप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटना गोरखा धार्चे गाउँपालिका

विशेष