चाणक्य नीति, यसकारण भुलेर पनि नगर्नुहोस् सुन्दर महिलासँग विवाह

आधुनिक परिवेश अनुसार मानिस जीवनमा सफल हुनका निमित्त अनेकौं निती र सूत्रको अनुसरण गर्ने गर्छन । तर केहि पुराना विचारकहरुको कुरालाई आजसम्म पनि मानिसद्वारा अबलाम्बित छन । आचार्य चाणक्यलाई एक यस्तो महान कूटनीतिज्ञ मानिन्छ जसको कुरा आज पनि मान्ने गरिन्छ । आचार्य चाणक्यले जिवनमा कहिल्यै पनि हार नमान्ने ४ सुत्रका बारेमा बताएका छन
यी चिजमा कहिल्यै खुट्टा नराख्नुस
चाणक्यले कहिल्यै पनि अग्नि, गुरु, ब्राह्मण, गाई, कन्या कुमारी, वृद्ध र बालक माथि खुट्टा नराख्नु भनेका छन । यिनीहरुलाई पाऊले छोएमात्र पनि अनिष्ट हुने उनको भनाइ छ ।
ब्राह्मणसँग ज्ञान र स्त्रीसँग हुन्छ सुन्दरताको शक्ति
ब्राह्मणको ज्ञानको अनादार र स्त्रीको सुन्दरतालाई कहिल्यै पनि मजाकको रुपमा लिनु हुँदैन। किनकी यसो गर्नु भनेको भगवानको अनादर गर्नु समान हो ।
सुन्दर युवतीसँग नगर्नुहोस विवाह
आजभोली मानिसहरु पहिले युवतीको सुन्दरता हेरेर मात्र विवाह गर्ने निर्णयमा पुग्छन । आचार्य चाणक्यका अनुसार जो महिला बाहिरी आवरणबाट हेर्दा सुन्दर देखिन्छिन ति महिला बुद्धिमान र मनकी सफा हुन्छिन भनेर भन्न सकिन्न। त्यसकारण विवाह गर्दा जहिल्यै सुन्दर भन्दा पनि राम्रो आचरण भएकी कन्यासँग गर्नुपर्छ।
यस्ता काम गर्नाले मिल्नेछ असफलता
कुनै पनि काम बिना सोची सम्झी गर्नाले जीवनमा हमेशा असफल नै भइन्छ । त्यसकारण कुनै पनि काम गर्नुभन्दा पहिले १० पटक सोचेर मात्र गर्नु पर्छ ।
चाणक्य नीति