News

अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।

बुधबार दिउँसो पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर पोखरा स्थायी घर भएका निकेश श्रेष्ठको ज्यान गएको हो । 

समुन्द्रमा आएको छालले बगाएपछि बेपत्ता भएका निकेशको उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा शव निकालेको थियो । 

फेडेरेसन युनिभर्सिटीमा अध्यनरत निकेश चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए। अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी भईरहेको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए।

 

#निकेश श्रेष्ठ

विशेष