News

प्रधानमन्त्री ओलीको नयाँ मृगौलाले राम्रोसँग काम गर्न थाल्यो

प्रधानमन्त्री ओलीको नयाँ मृगौलाले राम्रोसँग काम गर्न थाल्यो

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोस्रो पटक प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गर्न थालेको छ । बुधबार प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गरिरहेको प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. प्रेम ज्ञवालीले जानकारी दिए । 

उनले भने, ‘प्रधानमन्त्रीको मृगौलाले राम्रोसँग काम गरेको छ । बुधबार ३ बजेदेखि अहिलेसम्म १० लिटर भन्दा बढी पिसाब फेरिसक्नुभएको छ । उहाँको शरीरमा रहेको जम्मा भएको फोहोर पदार्थ र पिसाब गएको हो ।’  

सोमबार अस्पताल भर्ना भएका ओलीलाई ‘भान्जी’ नाता पर्ने समीक्षा संग्रौलाले आफ्नो मृगौला दान गरेकी थिइन् । अब अरू कुनै समस्या नदेखिए आजबाट उनलाई मुखबाट तरल खाने कुरा दिइने चिकित्सकले बताएका छन् । 

केपी शर्मा ओली मृगौला

विशेष