News

मन्त्री अर्याल सवार विमान आकस्मिक अवतरण

मन्त्री अर्याल सवार विमान आकस्मिक अवतरण

काठमाडौंः भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाइन्सको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

आज बिहान काठमाडौंबाट पोखरा जानका लागि उडेको विमान प्राविधिक कारणले गन्तब्यमा नपुग्दै पुनः काठमाडौं विमानस्थलमा आपतकालिन अवतरण भएको हो ।

विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार सबै सकुशल रहेको एअरलाइन्सले जनाएको छ ।

मन्त्री अर्याल पुनः अर्को विमानमा पोखरा जान लागेको उनका प्रेस संयोजक देवीका घर्तीले जानकारी दिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्राविधिक समस्या आएपछि विमानलाई फर्काएर अवतरण गरिएको बताए ।

पद्मा अर्याल आकस्मिक अवतरण

विशेष