विदेश

'मिस वर्ल्ड' टोनी–एन सिंह काठमाडौं आइपुगिन्

'मिस वर्ल्ड' टोनी–एन सिंह काठमाडौं आइपुगिन्

काठमाडौंः ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह काठमाडौं आइपुगेकी छिन् । उनी बिहीबार मध्यान्ह काठमाडौँ आइपुगेकी हुन् । 

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आएकी हुन् । उनीसँगैं मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।  

‘मिस वर्ल्ड’ टोनी फागुन २३ गते हेलम्बु जाने कार्यक्रम छ । उनले हेलम्बुमा ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँको भ्रमण गर्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए ।

सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी लगायत मिस वल्र्ड आयोजकहरु हेलम्बु पुग्नेछिन् । 

 

टोनी एन सिंह मिस वर्ल्ड

विशेष