ट्रम्पको भोजनमा झुक्याएर सागपात मिसाइदिने को हुन् उनि ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी चिकित्सक डा. रोनी ज्याक्सनले ट्रम्पको भोजनमा सागपात मिसाइदिने गरेको खुलासा गरेका छन । न्युक्योर्क टाइम्ससँगकि कुराकानीमा उनले ट्रम्पले थाहा नपाउने गरी आलु लगायतका परिकारमा सागपात मिसाईदिने गरेको बताए ।
रिपब्लिकन पार्टीका तर्फबाट चुनाव लड्ने तयारीमा रहेका ज्याक्सनले ट्रम्पको भोजनमा सागपात मिसाइदिएर उनको वजन १५ किलो घटाइदिएको बताए । ‘शारीरिक अभ्यासमार्फत राष्ट्रपतिको तौल घटाउने मेरो योजनाले खासै काम गरेन,’ उनले भने, ‘त्यसपछि हामीले उनको भोजनमा ध्यान दिन थाल्यौँ । ट्रम्पको खानपान स्वभाव स्वास्थ्यकर छैन त्यसैले हामीले उनलाई आइसक्रिम कम दिन थाल्यौँ र आलुको परिकारमा काउली मिलाइदिन थाल्यौँ ।’
उनी ह्यामबर्गरजस्ता जंक फुड धेरै खान्छन् । तर, ७३ वर्षको उमेरमा पनि उनी तन्दुरुस्त नै छन् । डा. ज्याक्सनका अनुसार कसैकसैको जिन नै बलियो हुन्छ । ‘यसलाई जिनेटिक्स भनिन्छ,’ उनले भने, ‘केही मानिसको जिन बलियो हुन्छ । ट्रम्प आफ्नो उमेरका सामान्य अमेरिकी नागरिकभन्दा ज्यादा स्वस्थ छन् ।’ उनले ट्रम्प धेरै बाँच्ने पनि दाबी गरे । ठट्यौली शैलीमा भने, ‘अबको २० वर्ष ट्रम्पले स्वास्थ्यकर भोजन गर्ने हो भने उनी दुई सय वर्ष बाँच्न सक्छन् ।’ हाल ट्रम्प कोलेस्टेरोल घटाउने औषधि खाइरहेका छन् । तालु खुइलिने समस्याका कारण उनी दिनहुँ एन्टी–बाल्डनेस पिल पनि सेवन गरिरहेका छन् ।
#डोनाल्ड ट्रम्प