News

इन्सपेक्टरविरुद्ध मुद्दा दायर

इन्सपेक्टरविरुद्ध मुद्दा दायर

काठमाडाैँ । सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम ऐनको दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिर्इ आरोप पत्र दायर गरिएको छ।

विशेष