News

४ वर्षपछि रानीपोखरीमा पानी

४ वर्षपछि रानीपोखरीमा पानी

काठमाडौँ । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो साता नै सकिने हुँदा पानी राख्ने तयारी गरिएको हो ।

पोखरीमा राखिने पानी तीन स्थानबाट ल्याइने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको छ । त्रिचन्द्र कलेज क्षेत्रबाट एउटा र अर्को शान्तिबाटिकाबाट बोरिङ खनी पानी ल्याउने तयारी छ । त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पोखरीका लागि पानी लगिनेछ । मेलम्चीको पानी आएपछि त्यहाँबाट पनि ल्याइने प्रबन्ध मिलाइनेछ । अहिले पर्खाल निर्माण तथा मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । वैशाखसम्मा ती सबै काम सकिनेछ ।

समग्रमा महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको काम ६४ प्रतिशत सम्पन्न भएको छ । पोखरीमाथि सौन्दर्य अभिवृद्धि गर्ने काम पनि तीव्ररूपमा अघि बढेको प्रधिकरणले जनाएको छ

रानीपोखरी पानी

विशेष