News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत रूपमा सुधार भएको छ । मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

प्रधानमन्त्रीले झोलिलो खानेकुरा खान थालिसकेका छन्, अवस्था सामान्य बन्दै गए अबको एक सातामा उनलाई डिस्चार्ज गरिनेछ ।प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार भएको थियो । होसमा आएपछि चिकित्सकले आँखा खोल्न आग्रह गर्दै भने, ‘तपाईंलाई कस्तो छ, दुखेको छ ?’ लगत्तै प्रधामन्त्री ओलीले भने, ‘अँ, मलाई दुखेको छैन ।’

प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालेको र प्रधानमन्त्रीलाई बिहीबारबाट तरल खानेकुरा दिन सुरु गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रधानमन्त्री ओली स्वास्थ्य

विशेष