विदेश

दक्षिण कोरियामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ पुग्यो

दक्षिण कोरियामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी । कोरोना भाईरसका कारण दक्षिण कोरीयामा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या ४२ पुगेको हो । साथै ६ हजार वढि संक्रमित भएका छन । विहिवार थप ५ सय १८ मा कोरोनाको संक्रमण देखिएपछि संक्रमितको संख्या ६ हजार २ सय ८४ पुगेको छ ।

थपिएका संक्रमित मध्ये ३ सय ६७ जना डियागु शहरका हुन भने १ सय २३ जना जियोङसाङ प्रान्तका रहेका छन । डियागु शहर कोरोना संक्रमणको मुख्य प्रभावित क्षेत्र रहदै आएको छ 

दक्षिण कोरिया कोरोना

विशेष