News

साथीहरुलाई भनिदिनुस्, छिट्टै काममा फर्किन्छुः प्रधानमन्त्री ओली

साथीहरुलाई भनिदिनुस्, छिट्टै काममा फर्किन्छुः प्रधानमन्त्री ओली

काठमाडौंः बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै काममा फर्किने बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले जानकारी दिए ।

मृगौला पत्यारोपणपछि प्रधानमन्त्री ओली चिकित्सकरुले मात्र भेट्ने गरेका छन् । परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन । शुक्रबार भने प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार रिमालसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो सन्देश दिएका हुन् ।  

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको उपचारमा संग्लन चिकित्सकहरुले बताएका छन् ।

केपी शर्मा ओली मृगौला प्रत्यारोपण

विशेष