विदेश

भुटानमा पनि भेटिए कोरोना भाइरस संक्रमित

भुटानमा पनि भेटिए कोरोना भाइरस संक्रमित

भुटानमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड–१९ संक्रमण भेटिएको मन्त्रालयले जनाएको हो । भुटान भ्रमणमा आएका ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको द भुटनिजले जनाएको छ । 

उनी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै भुटानको पारो विमानस्थलमा मार्च २ मा ओर्लिएका थिए । ती व्यक्ति फेब्रुअरी २१ मा भारत भ्रमणमा आएको र त्यसपछि भुटान आएका थिए। उनी फेब्रुअरी १८ मै अमेरिकाको वासिङ्टनबाट यात्रा सुरु गरेका थिए। उनीसँग उनको ५९ वर्षीया साथी पनि रहेको भुटानी अधिकारीहरुले जानकारी दिएका छन्।

विमानस्थलमा चेक गर्दा सामान्य ज्वरो मात्रै देखिएको बताइए पनि पछि थिम्पुको एउटा अस्पतालमा चेक गर्दा उनमा कोभिड–१९ संक्रमण देखिएको हो।

डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ ले विश्वका ८० भन्दा बढी देशमा फैलिइसकेको छ । यसको संक्रमणबाट ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ९८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। एजेन्सी

कोरोना भाइरस भुटान

विशेष