News

भारतीय राजदूत क्वात्राले भेटे माधव नेपाल, दिए जन्मदिनको शुभकामना

भारतीय राजदूत क्वात्राले भेटे माधव नेपाल, दिए जन्मदिनको शुभकामना

काठमाडौं - नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपाललाई भेटेका छन्।

शुक्रबार नेपालको कोटेश्वरस्थित निवास पुगेर राजदूत क्वात्राले उनीसँग भेटेका हुन्। नेपालको सचिवालयले दिएको जानकारीअनुसार राजदूतसँगको भेटमा दुई देशका आपसी हित र सम्बन्धबारे कुराकानी भएको हो। 

राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको पनि शुभकामना दिएका थिए। नेता नेपालले राजदूत क्वात्रालाई सफल कार्यकालको शुभकामना दिएका छन्।  

विशेष