प्रधानमन्त्रीलाई खाना, हिंडडुल र फिजियोथेरापी : अस्पताल
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।
ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
‘उहाँलाई नर्मल खाना दिन थालिएको छ, र सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका अनुसार प्रम ओलीको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन् ।
सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका केपी ओलीलाई उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । अस्पतालले उनको पनि स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ ।