घरमा दुईभन्दा धेरै ग्याँस सिलिण्डर राख्न नपाइने
कोरोना भाइरसका कारण बजारका व्यवसायीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्न थालेपछि सरकारले एक अनुगमन गर्ने भएको छ ।
सरकारले एक घरमा दुईभन्दा धेरै ग्याँस सिलिण्डर राख्न नदिने बताएको छ । दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ । शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सरकारले धेरै दैनिक उपभोग्य वस्तु घरमा नथुपार्न पनि आग्रह गरेको छ । अहिले दैनिक ३० हजार ग्याँस सिलिन्डर उद्योगबाट गइरहेको र शनिबारदेखि दैनिक ४४ हजार ग्याँस सिलिन्डर बजारमा पठाइने बताइएको छ ।
मुलुकमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको बताउँदै अहिले बजारमा देखिएको कृत्रिम अभावको पछि नलाग्न सरकारको आग्रह रहेको छ ।