News

दुई भन्दा बढी ग्यास सिलिन्डर लिनेको रेकर्ड राखिने

दुई भन्दा बढी ग्यास सिलिन्डर लिनेको रेकर्ड राखिने

काठमाडौंः कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाऊ बढाउन थालेपछि सरकारले नियन्त्रणको प्रयास थालेको जनाएको छ।

सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा भन्दा बढी ग्यास सिलिन्डर घरमा राख्नसमेत नदिने भएको  छ । 

दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस हल्लाकै कारण अहिले सबैतिरका बजारमा खाना पकाउने एलपी ग्यास, दाल, चामल, चिनी, नुनलगायतका वस्तुका अभाव छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

कोरोना भाइरस ग्यास सिलिन्डर रेकर्ड

विशेष