News

कोरोना त्रास: बैदेशिक रोजगारीमा जाने ७५ % ले घटे

कोरोना त्रास: बैदेशिक रोजगारीमा जाने ७५ % ले घटे

 चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।

नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए।

रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन ।  

बैदेशिक रोजगारी

विशेष