News

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य हिँडडुल गराउन थालियो

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य हिँडडुल गराउन थालियो

काठमाडौँ । मिर्गौला प्रत्यारोपणको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस खाने कुरा खाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। ‘ठोस खाने कुरा दियौं,आजदेखि हिंडाउन पनि थाल्यौं’प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिब्यासिंह शाहले भनिन्। प्रधानमन्त्री ओलीले पहिलो पटक फोनमा निजी सल्लाहाकार विष्णु रिमाललाई फोनमा समेत बोलेका थिए। ‘फोनमा प्रधामन्त्रीले मेरो स्वास्थ्यमा तिब्र रुपमा सुधार भएको छ, साथीहरुलाई भनिदिनु’ सल्लाहाकार रिमालले जनाएका छन्। प्रम ओलीको प्रत्यारोपण टिचिङ अस्पताल महाराजगंजमा गत बुधवार भएको थियो।

त्रिविवि शिक्षण अस्पतालले शुक्रवार प्रधामन्त्री र मिर्गौला दाता समिक्षा संग्रौलाको स्वास्थ्य स्थिति बारे जानकारी दिदैं अन्य अवस्था समेत सामान्य रहेको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा.प्रेम खड्गा तथा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहले एक साताभित्र डिस्चार्ज गर्ने स्थिति रहेको जानकारी दिए। ‘उहाँलाई दुई/चार दिन बढी राख्छौं’ डा. शाहले भनिन्। यस प्रक्रिया अनुसार मिर्गौला प्रत्यारोपणको पाँच दिनभित्र डिस्चार्ज गरिन्छ।

प्रधानमन्त्रीकी भान्जी तथा मिर्गौला दाता समिक्षा संगौंलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनलाई पनि प्रधामन्त्रीलाई जस्तो सामान्य ठोस आहार र हिंडडुल गराइएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।  

प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था

विशेष