News

गैंडा मार्नेलाई १० बर्षको कैद

गैंडा मार्नेलाई १० बर्षको कैद

चितवन । गैंडा मारेर खाग बिक्री गरेको अभियोगमा चितवन जिल्ला अदालतले इच्छाकामना गाउँपालिका–७ का गोपाल प्रजा चेपाङलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

साढे १३ वर्षअघि गैंडा मारेको अभियोगमा गोपाललाई जिल्ला न्यायाधीश हेमन्त रावलले शुक्रबार सजाय सुनाएको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अदालतमा गोपालविरुद्ध ०७५ मंसिर ८ मा मुद्दा दायर भएको थियो । उनी ०७५ मंसिर २ मा पक्राउ परेका हुन् । यो घटनामा १४ जनाविरुद्ध मुद्दा दायर भएकामा चार जना अझै फरार छन् ।

पक्राउ परेका अन्यविरुद्ध अदालतबाट यसअघि नै फैसला आइसकेको छ । जसमा पदमबहादुर चेपाङलाई सबैभन्दा बढी १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ । १० जनामा सवैभन्दा कम पाँच वर्ष कैद सजाय तोकिएको छ । पहिलो फैसला २०७२ भदौमा भएको थियो । यसअघि मुद्दा सुनाइएकाहरूले सर्वोच्च अदालतमा अपिल गरेको अधिवक्ता धर्म वाग्लेले जानकारी दिए । कान्तिपुर दैनिकबाट 

 

कैद गैंडा मार्ने

विशेष