लगातारको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला । हुम्लामा लगातारको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हुम्लाको नाम्खा र सिमकोट गाउँपालिकासहित जिल्लाको उत्तरी क्षेत्रमा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ ।
हिमपातका कारण अत्यधिक चिसो बढेकाले स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन । शुक्रबार रातिदेखि नै हुम्लामा विद्युत सेवा बन्द भएको छ भने हवाई सेवा पनि अबरुद्ध भएको छ ।
तर, हिमपातका कारण किसान भने खुशी भएका छन् । स्याउका बिरुवा रोप्ने बेला भएको तथा अरु बालीका लागि जमिन जोत्ने बेला भएकाले किसान हिमपातका कारण खुशी भएका हुन् ।
हिमपात हुम्ला