News

आइसोलेसन वार्डबाट भागेका व्यक्तिमा कोरोना फोबिया!

आइसोलेसन वार्डबाट भागेका व्यक्तिमा कोरोना फोबिया!

काठमाडौंः कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका व्यक्तिमा ‘कोरोना फोबिया’ भएको चिकित्सकले बताएका छन् । आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताउँदै अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिए पनि बारम्बार आफूलाई कोरोना भएको दाबी गरेपछि काउन्सिलिङ गरेर आइसोलेसनमा राखेको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । काउन्सिलिङकै क्रममा उनी कोरोनाबाट निक्कै नै त्रसित रहेको पनि उनको भनाई छ । 

दक्षिण कोरियाबाट आएका ती व्यक्तिमा कोरोनाको त्रास अत्याधिक मात्रामा पाइएको पनि उनले उल्लेख गरे । मोबाइल ट्र्याकिङ गर्दा विराटनगरमा फेला परेका ती व्यक्तिको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रवक्ता बास्तोलाका अनुसार अन्य मूलुकबाट नेपाल भित्रिएकाहरु कोरोनाको त्रासमा अस्पताल जाने क्रम बढ्दो छ । टेकु अस्पतालमा दैनिक त्यस्ता बिरामीको संख्या बढीरहेको पनि उनले उल्लेख गरे । 

आशंकामा अस्पताल भर्ना हुनेको संख्या अत्याधिक रहेको पनि उनले बताएयो । पछिल्लो समय मौसम परिवर्तनसंगै चलेको फ्लुका कारण पनि सर्वसाधारणमा कोरोनाको त्रास बढेको चिकित्सकको भनाई छ ।   

कोराना संक्रमण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना फोबिया

विशेष