News

आजदेखि लगातार ४ दिन सार्वजनिक विदा

आजदेखि लगातार ४ दिन सार्वजनिक विदा

काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी तथा अभिभावकहरुमा सतर्कता अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सचेत गराउन पनि आग्रह गरेको छ । कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने आवाज उठिरहेको छ ।

संयोगबस लगातार ४ दिन सार्वजनिक विदा परेको छ । २४, २५, २६ र २७ गते क्रमश: २४ गते आज त्यस्तै २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको र २६ गते पहाडमा होली परेको त्यसैगरी २७ गते तराईको होली भएकोले लगातार चार दिन विदा सार्वजनिक विदा पर्न पुगेको छ ।

प्रदेश नम्बर २ ले भने दुई दिन होली विदा दिने निर्णय गरेर २७ र २८ गते सार्वजनिक विदा घोषणा गरिसकेको छ । यता सरकारले कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नियन्त्रणका लागी करिव एक महिना अगाडी नै स्कुल तहको परिक्षा सकाउन निर्देशन दिएसङै बिधालयहरुले कक्षा १ देखि ९ सम्मको परीक्षा फाल्गुन २८ देखिनै सुरु गर्ने भएका छ्न ।

विशेष