News राजनीति

प्रधानमन्त्री ओलीलाई एक–दुई दिनभित्र अस्पतालबाट डिस्चार्ज गर्न सकिने

प्रधानमन्त्री ओलीलाई एक–दुई दिनभित्र अस्पतालबाट डिस्चार्ज गर्न सकिने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मृगौला प्रत्यारोपणमा नेतृत्व गरेका प्रा. डा. प्रेम ज्ञवालीका अनुसार स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले प्रधानमन्त्री ओलीलाई आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने छ ।

तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको डा. ज्ञवालले बताए ।

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उनले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गरेका पनि अस्पतालले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई मृगौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको अस्पतालले जनाएको छ । 

केपी शर्मा ओली डिस्चार्ज प्रा. डा. प्रेम ज्ञवाली

विशेष