News

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मकवानपुरः आज विहान बर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको भिमफेदी गाउँपालिका–९ मा एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

भिमफेदी–९ च्याउखोलामा चट्याङ लागेर २३ वर्षीय विजय स्याङ्ताङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी घाइते हुनेमा विजयकी श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ रहेको प्रहरीले जनाएको छ ।

घाइते सविताको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। सुतिरहेको अवस्थामा विहान ४ः३० बजेतिर चट्याङ लागेको प्रहरीले जनाएको छ ।  

चट्याङ मकवानपुर

विशेष