विदेश

गुडिरहेको रेलको अगाडि हामफालेर महिलाले गरिन् आत्महत्या

गुडिरहेको रेलको अगाडि हामफालेर महिलाले गरिन् आत्महत्या

एजेन्सी । भारतको झारखण्डमा एक महिलाले गुडिरहेको रेलको आगाडी हामफालेर आत्महत्या गरेकी छिन । 

शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलका अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले आत्महत्या गरेकी हुन् ।

मृतक महिला आफ्नी छोरीसमेत परिवारका सदस्यहरुका साथ श्रीपल्लीस्थित तारा अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार उनि करिब २० मिनेटदेखि रेलवे स्टेशनको एउटा छेउमा बसेर रोइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेल देखेपछि उनी जुरुक्क उठेर रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हामफालेकी थिइन् ।

आत्महत्याको कारण भने खुल्न सकेको छैन । महिलाको शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । महिलाको श्रीमानले उनि केहि समयअघि देखि डिप्रेसनमा रहेको बताएका छन 

आत्महत्या महिला

विशेष