News

शौंच गर्न निस्केका ससुरामाथि ज्वाँईले गरे गोली प्रहार

शौंच गर्न निस्केका ससुरामाथि ज्वाँईले गरे गोली प्रहार

जनकपुरधाम । केहि दिन अघि आफ्नै घर छेउमा पिसाब फेर्न निस्केका एक वृद्धलाई आफ्नै ज्वाईले गोली प्रहार गरेको खुलेको छ ।  गोली प्रहारबाट गम्भीर घाइते भएका महोत्तरीको मनरासिसवा नगरपालिका ३ बस्ने ६२ वर्षीय सहदेवप्रसाद यादवको होस आएपछि उनले नै प्रहरीलाई सबै जानकारी दिएका छन् ।

फागुन १८ गते विहान २ बजे घर बाहिर पिसाव गर्न निस्कँदा उनीमाथि गोली प्रहार भएको थियो । दायाँ कोखमा गोली लागि गम्भीर घाइते यादवलाई जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा भर्ना गरी उपचार भइरहेकोे छ । उपचारकै क्रममा रहेका घाइते यादवले आफूलाई आफ्ना कान्छो ज्वाइँ महोत्तरीको औरही नगरपालिका १ का सन्तोष यादवले गोली प्रहार गरेको बताएका छन् ।

जाडरक्सी सेवन गरी पटक पटक रुपैयाँ पैसा ऋण माग्ने र नदिँदा छोरीलाई कुटपिट यातना दिएको कारण ज्वाँइसँग सम्बन्ध चिसिएको घाइते यादवको भनाइ छ । उनले ७/८  महिना अघि ५ लाख रुपैयाँ खोजी दिन भनेका थिए र आफुसंग पैसा खोजिदिने उपाय थिएन त्यसैबेलादेखि ज्वाई र हाम्रो परिवारकाविचमा सम्बन्ध चिसिएको थियो । ज्वाई पहिले देखि बदमास थिए, भगवानको कृपाले म बाँच्न सफल भए, उनीमाथि कडा कारवाही हुनु पर्छ, उनि भन्छन। 

यादवमाथि गोली प्रहार गर्ने उनका ज्वाइँ सन्तोष यादवलाई घटना भएकै दिन साँझ पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।  ‘ससुरा ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको अहिलेसम्मको अनुसन्धानले खुलेको बुढाथोकीको भनाइ छ । 

 

गोली प्रहार ससुरा ज्वाईं

विशेष