सिपेक परियोजनाबाट पाकिस्तान चिनियाँ ऋणको फन्दामा पर्छ : अमेरिका
काठमाडाैँ – चीनको बेल्ट एण्ड रोड इनिसेटिभ्समा आइरहेका समस्याहरुबाट अन्तर्राष्ट्रिय क्षेत्रमा चीनका कमजोरीहरु देखा परिरहेका छन् ।चीनको यो परियोजनाबाट सबैभन्दा ठूलो लाभ अवश्यपनि पाकिस्तानलाई मिल्दै आएको छ ।
चीनका लागि पाकिस्तान निकै बलियो साझेदार मुलुक हो । पाकिस्तानले चीनको पश्चिमी भागलाई सन्तुलन गर्न एवं भारतविरुद्धको रणनीतिक साझेदारका रुपमा पनि चीन पाकिस्तानको भर पर्दै आएको छ ।
चिनियाँ वैज्ञानिकहरुले नै पाकिस्तानलाई आणविक हतियार निर्माणका लागि सहयोग गरेको बताइन्छ । दुई मुलुकले आपसी साझेदारीलाई ‘हमालभन्दा अग्लो’ रहेको संज्ञा दिँदै आएका छन् । तर, चीनको बेल्ट एण्ड रोड इनिसेटिभ अन्तर्गत चिनियाँ लगानी अन्य मुलुकमा कम भएपनि पाकिस्तानमा भने कम भएको छैन ।
तैपनी पकिस्तानमा रहेका चिनियाँ व्यापारीहरु भने पाकिस्तान सरकारले आफूहरुलाई अनुकूल व्यापारको वातावरण बनाइदियोस् भन्ने चाहन्छन् । यसबाट चीनले व्यापारलाई कसरी राजनीतिकरण गरिरहेको छ भन्ने देख्न सकिछ ।
सन् २०१३ मा यो परियोजना शुरु गर्दै गर्दा चीनलाई पाकिस्तानमा एउटा ठूलो पूर्वाधार निर्माण गर्नु पर्ने अवस्था थियो । सोही अनुसार चीनले पाकिस्तानी भूमिमा चाइना पाकिस्तान इकोनोमिक करिडोर ‘सिपेक’ नामक पूर्वाधार योजना अघि सा-यो ।
त्यतिनै बेला पाकिस्तानी जनताले धेरै विश्वास गरि पठाएको नागरिक सरकारले त्यहाँको सत्ता सम्हाल्यो । यो परियोजनाको लागत पनि ह्वात्तै बढ्न पुग्यो । गदर बन्दरगाहमा उर्जा, सडक, रेलमार्गको निर्माणलाई अघि बढाइयो । त्यसलाई पाकिस्तानी सरकारका योजनामन्त्रीले ‘बेन्चमार्क सिंगापपुर’ संज्ञा दिएका थिए ।
आर्थिक विकासका लागि विकासका गतिविधि अघि बढाएको भनिएको चीनले त्यस क्षेत्रमा राजनीतिक अवस्थालाई चाहीँ बुझ्नै सकेन । भारतको मामिलामा चीनका लागि चुनौतीपूर्ण बन्न पुग्यो । भारतले हालसम्म चीनको यो महत्वकांक्षी परियोजनामा हस्ताक्षार गरिसकेको छैन ।
त्यसबाहेक अमेरिकाबाट पनि सिपेक आयोजनाप्रति सकारात्मक धारणा आउन सकेन । सन् २०१७ यता ट्रम्प प्रशासनले सिपेकलाई चीनले आफ्नो पश्चिमी भूभागलाई अरब सागरसँग जोड्ने रणनीतिको रुपमा व्याख्या गरेको छ ।
सिपेक आयोजना पूरा भएपछि चीनले उर्जा आयात गर्ने मार्गलाई परिवर्तन गर्ने र साथै पश्चिमी हिन्द महासागरमा प्रभुत्व स्थापित गर्ने चिनियाँ रणनीतिको रुपमा अमेरिकाले यसलाई अथ्र्याउँदै आएको छ । अमेरिकाले पाकिस्तानलाई सिपेक परियोजनाबाट पाकिस्तान चिनियाँ ऋणको फन्दामा पस्ने चेतावनी पनि दिँदै आएको छ ।
त्यस्तै, चीनले पाकिस्तानको आन्तरिक राजनीतिलाई पनि राम्रोसँग बुझ्न सकेन । पाकिस्तानमा इमरान खानको नेतृत्वमा ताहरिक ए इन्साफ पार्टीले सरकार गठन त गर्यो तर राजनीतिक क्षेत्रमा इमरान खान र तहरिक ए इन्साफ पार्टीको अनुभवहीनताका कारण पाकिस्तानमा आर्थिक समस्या आइपर्यो ।
वास्तविकतामा भने यो करिडोर नाममात्रको छ । यो करिडोरबाट उच्च हिमाली भूभाग छिचोलेर इन्धन चीनतर्फ लैजाँदा त्यसको धेरै खर्च पर्न जान्छ । त्यसबाहेक गदर बन्दरगाहले चीनका लागि रणनीतिक रुपमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । सिपेक परियोजना पूर्वाधार निर्माणका लागि लगानी प्याकेज त हो, तर यसका केही निर्माण योजना सफल भएपनि सबै योजना पूरा हुनेमा भने आशंका छ ।
चीनले तत्काल सिपेक परियोजना त्याग्न सक्दैन । यद्यपि पछिल्लो समय हेर्दा भने यसअघि नै तय केही योजनामात्र अघि बढ्ने देखिन्छ । पाकिस्तान र चीनको साझेदारी एवं मित्रता त चलिरहला, तर सिपेक परियोजना भने यतिबेला देखि नै पूरा नहुने देखिसकिएको छ ।
दक्षिणपूर्वी एसिया चीनका लागि आर्थिक रुपमा निकै महत्वपूर्ण रहँदै आएको छ । १० मुलुक सदस्य रहेका दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानले चीनको बजारमा रहेको मागलाई ध्यानमा राख्दै प्राविधिक क्षेत्रका सामानहरु उत्पादन गर्दै आएका छन् । चिनियाँ बजारमा आवश्यक पर्ने ठूलो संख्याका अत्याधुनिक सामानहरु यही क्षेत्रबाट निर्यात हुँदै आएको छ । सन् २००५ देखि १०१७ सम्म यस क्षेत्रमा चिनियाँ लगानी ३० गुणा बढेको छ ।
इतिहासदेखि नै दक्षिणपूर्वी एशियाली मुलुकहरुसँग चीनको व्यापार समुद्रमार्गबाट हुँदै आएको भएपनि पछिल्लो समय चीनले सडकमार्गलाई यी मुलुकहरुसँगको व्यापारका लागि प्रोत्साहित गर्न थालेको छ । सीमापार पारवहनका लागि चीनले सीमाक्षेत्रमा भन्सार नाकाको विकास गर्ने, सडक एवं रेल सञ्जाललाई स्तरोन्नती गर्न लगायतका चिनियाँ कदमबाट आशियान मुलुकहरु भने सशंकित छन् । अधिकांश आशियान मुलुकहरुले चीनलाई निकै लामो समयदेखि नै शंकाको दृष्टिले हेर्दै आएका छन् ।
तर, चीनको यो परियोजनाका लागि पनि ठूलै मूल्य चुकाउनु परेको छ । चीनले दक्षिणी शहर कुन्मिङलाई सिंगापुरसँग जोडे अत्यन्त महत्वकाक्षी उच्च गतिको रेल सञ्जाल विस्तार गरिरहेको छ । त्यसबाहेक मिकङ नदीबाट उपलब्ध जलश्रोतलाई उर्जा उत्पादनका लागि पनि ठूला परियोजना अघि बढाएको छ । तर, चीनले अघि बढाएका परियोजना क्षेत्र आसपास बसोबास गर्ने मानिसहरुको जनजीवन भने उठिबास छ । सानो दक्षिणपूर्वी एसियाली मुलुक लाओसमा रेलसञ्जाल र बाँध निर्माणको परियोजनास्थल आसपासका धेरै गाउँहरु नै विस्थापित बन्न पुगेका छन् ।
धेरै दक्षिणपूर्वी एशियाली मुलुकले चीनलाई शंकाको दृष्टिले हेरेपनि कम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन सेनले आफ्नो मुलुकमा चिनियाँ लगानीका लागि बाटो खोलिदिएका छन् । कम्बोडियामा चिनियाँ लगानीबाट पर्न गएका असर पनि कम छैनन् ।
कुनै समय कम्बोडियाको विशाल टोनल साप नामक तालमा माछा मारेर जीविकोपार्जन गर्ने हजारौ माझीहरुको बसोबास थियो । त्यहाँ बाँध निर्माण गर्न लागिएको छ । बाँध निर्माण भएको खण्डमा त्यहाँका मानिसहरुको जनजीवन नै खतरामा पर्ने ठूला चिन्ता छ । त्यस्तै, अंकोर वाट क्षेत्रको धरोहर अहिले चिनियाँ शैलीको थिम पार्कमा रुपान्तरण भएको छ । जग्गा अधिग्रहणका कारण त्यस क्षेत्रको जैविक विविधता नै खतरामा परेको छ ।
कम्बोडियाको पर्यटकीय क्षेत्र सिंहानुकभिललाई त्यहाँका प्रधानमन्त्री हुन सेनले सन् २०१५ मा चीनको बेल्ट एण्ड रोड इनिसेटिभ परियोजनामा सामेल गरे । पहिले पर्यटकले भरिभराउ हुने गरेकोमा अहिले भने उक्त शहर क्यासिनोले भरिएको छ, जहाँ ८० हजारभन्दा धेरै निर्माणक्षेत्रमा काम गर्ने चिनियाँ मजदुरहरु, लगानीकर्ताहरु र क्यासिनोका मालिकहरुमात्र देखिन्छन् ।
अझ धेरै भवनहरु सुस्त गतिमा निर्माण भइरहेका छन् । निर्माण सुरक्षाको अवस्था पनि निकै दयनीय छ । सन् २०१९ मा एउटा भवन भत्किँदा २६ मजदुरको ज्यान गएको थियो । त्यस शहरमा शहरलाई आवश्यक पूर्वाधार नै छैनन् । बर्षायाममा परेको पनि जाने बन्दोबस्त छैन । पानी परेपनि निकास नभएपछि सडकमाथिबाट पानी बग्छ ।
निर्माण क्षेत्रमै बेश्याबृत्ति पनि मौलाएको छ । शहरमा अपराधका घटना पनि बढ्न पुगेको छ । उक्त शहरको समुद्री किनारहरुमा प्लाष्टिकका फोहोर जताततै फलिएका छन् । सरकारले शहरका केही जुआघर बन्द गराएपनि चिनियाँ लहरबाट शहर पुनः आफ्नै स्वरुपमा फर्किन अझ धेरै समय लाग्ने निश्चित छ ।