News

उपत्यकामा दैनिक ७ हजार थप ग्यास सिलिन्डर माग, बजारमा अभाव हुन थाल्याे

उपत्यकामा दैनिक ७ हजार थप ग्यास सिलिन्डर माग, बजारमा अभाव हुन थाल्याे

काठमाडौंः उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ । कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन् ।

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन् । उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन् ।

केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ । नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन् ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चार जनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो । अहिले त्यस्ता परिवारले पाँच वटासम्म सिलिन्डर जम्मा पारेका छन् । उनले चार जनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे। यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

ग्यास उपत्यका कोरोना भाइरस बजार

विशेष