News

महिलाको बलिदानीले आज संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौंः अध्यक्ष प्रचण्ड

महिलाको बलिदानीले आज संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौंः अध्यक्ष प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्न महिलाहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सन्देश व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत परिवर्तनका सबै आयामहरुमा नेपाली महिलाको अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले शुभकामना सन्देश भनेका छन्, ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं ।’

उनले ८ मार्च विश्वभरका महिलाहरुका लागि मात्र नभएर मानव समुदायकै लागि ऐतिहासिक दिन रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले महिलाहरुलाई अधिकार सम्पन्न बनाएकाले संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ महिला श्रमिक महिला दिवस

विशेष