News

बैतडीमा जिप दुर्घटनाः चालकको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटनाः चालकको मृत्यु, ६ जना घाइते

कैलालीः धनगढीबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । ‘अनटेष्ट १२५७ नं’को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा पनतोलीमा दुर्घटना भएको हो ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जीप सडकबाट २५० मिटर तल खसेको जानकारी दिए । ज्यान गुमाउनेमा दार्चुला दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् ।

घाइते हुनेमा दार्चुला दुहु ४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटना बैतडी

विशेष