News

समीक्षाले भनिन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ’

समीक्षाले भनिन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दान गर्ने ‘भान्जी’ समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै समीक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका छन् ।

समीक्षाको हालखबर सोध्न समीक्षा रहेको ठाउँमा जाँदा उनले आफू ठिक रहेको तर मामा (प्रधानमन्त्री) भेट्न चाहेको बताएकी थिइन् ।

उनले लेखेका छन्, ‘मैले सोधे कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ ।’

 

केपी शर्मा ओली समीक्षा संग्रौला मृर्गौला

विशेष