News

पत्रकार वीरेन्द्र शाहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र शाहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

बाराः बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

फौजदारलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड हवाई फाइरिङ समेत गर्नु परेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले बताए ।

लामो समयदेखि फरार रहेका फौजदार होली मनाउन घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो । नियन्त्रणमा लिने क्रममा केही आफन्तले अवरोध गरेपछि हवाइ फाइरिङ गर्नु परेको डिआइजी कार्कीले बताए ।

पत्रकार साहको २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या भएको थियो । अपहरणको ३५ दिनपछि उनको शव साविककाे डुमरबाना गाविस–९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

बारा वीरेन्द्र शाह

विशेष