अष्ट्रेलियामा हिम पहिरो, ६ जनाको ज्यान गयो

अष्ट्रेलियामा हिम पहिरो जाँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अष्ट्रेलियन एल्प्स हिम शृङ्खलामा गएका दुई हिम पहिरोमा ६ जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा पाँच जना चेक गणतन्त्रका नागरिक रहेको जनाइएको छ । साल्ज्बर्गबाट ८० किलोमिटर दक्षिण पश्चिममा रहेको पहाडी क्षेत्रमा हिम पहिरो गएको हो । मृत्यु हुनेमा पर्यटक तथा गाइड रहेको जनाइएको छ ।
दक्षिणको कारिन्थिया क्षेत्रमा गएका अर्को हिम पहिरोमा ३३ वर्षका प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । –एजेन्सी
हिम पहिरो अष्ट्रेलिया एल्प्स हिम