News

भारतले नेपाललाई मेडिकल आपूर्ति जारी राख्ने

भारतले नेपाललाई मेडिकल आपूर्ति जारी राख्ने

भारतले कोभिड – १९ सँग लड्न नेपाललाई आफ्नो औषधीय आपूर्तिलाई जारी राख्ने एवम् सहज सीमापारको व्यापार सुनिश्चित गर्ने जनाएको छ । 

यसको जानकारी भारतका प्रधानमन्त्री नरेंद्र मोदीले टेलिफोन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका हुन् । 

दुबै प्रधानमन्त्रीले कोभिड १९ बिरूद्धको लडाईमा अबलम्बन गरिएको उपायहरुको बारेमा छलफल गरे र जारी प्रयासहरुलाई अझ तीव्र पार्न सहमति जनाए । दुबै मुलुकमा विद्यमान लकडाउनको सन्दर्भमा दुबै प्रधानमन्त्रीहरु एक अर्काको क्षेत्रमा बसोबास गरिरहेका दुई देशका मानिसहरुको हित र  हेरचाह गर्न पनि सहमति जनाए ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार र जनताका तर्फबाट प्रधानमन्त्री मोदीमार्फत भारतका सरकार र  जनतालाई आवश्यक औषधि र चिकित्सा सहयोग पु‍¥याएकोमा धन्यवाद व्यक्त गरे।

दुबै प्रधानमन्त्रीले अत्यावश्यक वस्तुहरूको सहज आपूर्तिमा सन्तुष्टि व्यक्त गरे र वर्तमान स्थितिको निरन्तरता सुनिश्चित गर्न पनि जोड दिए ।

दुबै प्रधानमन्त्रीले सार्क नेताहरूको भिडियो सम्मेलनले यस क्षेत्रका सबै देशहरूलाई कोभिड–१९ बिरूद्ध लड्ने प्रयासलाई तीव्र बनाउनका लागि पनि समयमै गति प्रदान गरेकोमा सन्तुष्टि व्यक्त गरे ।

नेपालका प्रधानमन्त्रीले भारत सरकार र भारतका जनता तथा भारतमा कोरोनाभाइरसको कारण ज्यान गुमाएकाहरूको शोक सन्तप्त परिवारका सदस्यप्रति हार्दिक संवेदना व्यक्त गरे । भारतका प्रधानमन्त्रीले चुनौतीको बिरूद्ध लड्न नेपाली जनताको प्रतिबद्धताको सराहना गरे।

वार्ताका क्रममा दुई प्रधानमन्त्रीले दुई देशबीच विद्यमान बहुआयामी मैत्री सम्बन्धमा जोड दिदैं आपसी फाइदाका लागि सम्बन्धलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष