News राजनीति

डिआइजी वढुवाप्रति बहुलराष्ट्रिय समाजवादी पार्टीको आपत्ति

डिआइजी वढुवाप्रति बहुलराष्ट्रिय समाजवादी पार्टीको आपत्ति

गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेकोमा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालले विज्ञप्ती मार्फत विरोध जनाएको छ ।

सो पार्टीका अध्यक्ष किशोर कुमार विश्वासका अनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्कम संविधानको प्रस्तावना, मर्म, भावना र समावेशी समानुपातिक प्रावधान विपरित बढुवा गरिएको हो ।’

विज्ञप्तीमा भनिएको छ – ‘विश्वभरी र नेपालमा समेत महामारीको रुपमा कोरोना भाइरसको संक्रमण र लकलाउन जारी भएको अवस्थामा राज्यका प्रमुख अंगहरु निजामती कर्मचारी, सुरक्षा निकाय लगायतको उच्च मूल्यांकन र मनोबल बढाउनु पर्ने आवश्यकता विपरित वर्तमान सरकार बृत्ति र मनोबल गिराउने चलखेलमा क्रियाशील छ ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘बारम्बार यस्ता संवैधानिक ब्यवस्था विपरित निर्णय, निश्कर्ष र काम कारवाही अबिलम्ब बन्द गरिनु पर्दछ ।’ अध्यक्ष विश्वासले चेतावनी दिँदै लेखेका छन् ‘अन्यथा, भविष्यमा हुने जन विरोधको जिम्मेवार स्वयं सरकार र सरोकारवालाहरु हुनेछन् ।’

वढुवा सिफारिसको पहिलो नम्बरमा घनश्याम अर्याल छन् । त्यसैगरी बढुवा हुनेमा क्रमश : प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरज प्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी रहेका छन् ।

प्राविधिक बाहेक नेपाल प्रहरीमा २६ जना डिआइजीको दरबन्दी रहेकोमा सरकारले घटाएर १४ जना पारेको थियो । ४ जना पहिलादेखि नै कार्यरत रहेकाले हाल १० जनालाई बढुवा गरिएको हो । निकै समयको गृहकार्य पछि १० जनाको बढुवा गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । तर, विश्वासको विज्ञप्ती अनुसार बढुवा समावेशिताको मर्म र भावना विपरित छ ।

प्रेस विज्ञप्ती जस्ताको त्यस्तै
०७६ चैत २८ गते नेपाल सरकारले नेपाल प्रहरीका १० जना बरिष्ट उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महारीक्षक (डिआइजी) मा बढुवा गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्कम संविधानको प्रस्तावना, मर्म, भावना र समावेशी समानुपातिक प्रावधान विपरित बढुवा गरिएको हाम्रो ठहर छ । विश्वकै सर्वोत्कृष्ठ महान संविधानको सुगा रटाई विपरीत वर्तमान सरकारले पनि एकांगी, नश्लवादी र विभेदपूर्ण नीति, निर्णय र काम–कारवाहीहरु गरिरहेको हाम्रो पार्टीको ठहर छ ।

राज्यका विभिन्न अंग, तह, र सुरक्षा निकायमा बरिष्ठता र कार्यसम्पादन मूल्यांकन, बृत्ति विकाश विपरित प्रहरी बरिष्ठ उपरीक्षकहरुको प्रहरी नायव महानिरिक्षकमा बढुवा भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र पूर्व पञ्चहरुको पार्टीको राज्य सञ्चालनको नीति साम्प्रदायिक, जातीय र नश्लवादी मानसिकता र चिन्तनमा कुनै अन्तर आज पनि आम जनताले अनुभूती गर्न पाएका छैनन् ।

विश्वभरी र नेपालमा समेत महामारीको रुपमा कोरोना भाइरसको संक्रमण र लकलाउन जारी भएको अवस्थामा राज्यका प्रमुख अंगहरु निजामती कर्मचारी, सुरक्षा निकाय लगायतको उच्च मूल्यांकन र मनोबल बढाउनु पर्ने आवश्यकता विपरित वर्तमान सरकार बृत्ति र मनोबल गिराउने चलखेलमा क्रियाशील छ । बारम्बार यस्ता संबैधानिक ब्यवस्था विपरित निर्णय, निश्कर्ष र काम कारवाही अबिलम्ब बन्द गरिनु पर्दछ । अन्यथा, भविश्यमा हुने जन विरोधको जिम्मेवार स्वयं सरकार र सरोकारवालाहरु हुनेछन् भन्ने सजग र सचेत समेत गराउँदछौं ।

किशोर कुमार विश्वास
अध्यक्ष, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल
२०७६।१२।२९

विशेष