News

महामारीको बीच ताईवानी ईलाकामा चीनको सैन्य शक्तिको प्रर्दशन

महामारीको बीच ताईवानी ईलाकामा चीनको सैन्य शक्तिको प्रर्दशन

ताइपे ।  पुरा विश्व कोरोनाको महामारी विरुद्ध लडिरहँदा चीनले भने ताईवान वरिपरिको क्षेत्रमा आफ्नो सैन्य गतिविधी बढाएको त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ । चीनीया लडाकु बिमानले ताईवान वरपरको क्षेत्रमा अनाधिकृत रुपमा युद्धक विमानहरु उडाउदाँ  शुक्रबार विहान सामान्य भिडन्त समेत भएको छ । 

ताईवानको सेनाले टापुको दक्षिणपश्चिममा उडान गरिरहेका चिनिया युद्धक विमानहरूलाई चेतावनी दिन जेट समेत उतारेको रक्षा मन्त्रालयले जनाएको छ।

ताईवानले जेट हानेर जवाफ दिएपछि चीनिया युद्ध विमानहरु ताइवान र फिलिपिन्स बीचको बाशी च्यानल हुँदै आफ्नो आधार ईलाका फर्किएको बताइएको छ । 


२०२० को प्रारम्भबाट नै चीनको जल सेना र वायू सेनाले ताइवान वरपरको इलाकामा गतिविधीहरु बढाएको मन्त्रालयको दाबी छ । मन्त्रालयको विज्ञप्तिमा शुक्रवारको घटना जनवरी यताको छैठौं घटना भएको भनिएको छ।

यसअघि चीनले ताईवानी राष्ट्रपति त्सोइसेवेगनले  ताइवानले औपचारिक स्वतन्त्रताको लागि महामारीको प्रयोग गरिरहेको दाबीलाई उनको तीव्र आलोचना गर्दै आइरहेको थियो ।   

कोभिड–१९ ले पैदा गरेको महामारीको  बीचमा चीनले आफ्नो सामर्थ्यको प्रर्दशन गर्न  उत्तेजक सैन्य कदमहरू अगाडि बढाएको एक स्थानीय अखबार चाइना ब्रीफका सम्पादक जोन डोटसन बताउछन् ।

उनले महामारीले चीनमा गम्भीर आर्थिक मन्दी खडा ग¥यो भने  ताइवानको सामुद्रिक क्षेत्रमा तस्करी बढ्ने चिन्ता व्यक्त गरेका छन् जसबाट दुई देशबीच संमूद्री द्धन्दको खतरा बढने छ ।  

१९४९ को गृहयुद्धपश्चात  ताइवान र चीनले छुट्टाछुट्टै शासन चलाउन थालेको हो । तर  ताइवानलाई चीनले आफ्नै प्रान्तको रूपमा मान्दै आईरहेको छ  र त्यस बेलादेखि नै स्वशासित ताईवानलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गर्दै आईरहेको छ ।

विशेष