पर्सा पछि रौतहटमा पनि जमातीले भित्र्यायो कोरोना
रौतहट । इसनाथ न.पा. वडा नं ५ मोतिपुरका एक बालक पनि कोरोना पोजिटिभ रहेको छ । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या १४ पुगेको छ ।
इसनाथ न.पा. वडा नं ५ मोतिपुरको १९ वर्षिय गनी अंसारीको छोरा बच्चु अंसारीमा कोरोना पोजिटिभ भेटिएको हो । आजै बिहान कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
हिजो मात्रै नेपालमा कोरोना भाइरस संक्रमीत तीन जना मुस्लिम व्यक्ति फेला परेको थियो । संक्रमित तीनै जना मुस्लिम समुदायका रहेको तथा दुई जना उत्तरप्रदेश र एक जना दिल्लीका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु विगत दुई सातादेखि विरगंजस्थित जामे मस्जिदमा बस्दै आएका थिए ।
उनीहरु भारतबाट १८ डिसेम्बर २०१९ मा नै नेपाल प्रवेश गरेको स्रोतले जनाइएको छ । स्रोतका अनुसार उनीहरु १८ डिसेम्बरमा नेपाल प्रवेश गरी नेपालको विराटनगरस्थित रानी मस्जितमा २ दिन बसेको थियो । र त्यसपछि डिसेम्बर २० देखि डिसेम्बर ३० सम्म सुनसरी, दुहबीको जामे मस्जितमा बसेको थियो । र तिनीहरु विराटनगर, सुनसरी, रौतहट हुँदै पर्सा पुगेको प्रहरी उच्च स्रोतले जानकारी दिए ।
मुसलमानहरुको गलत गतिबिधिकै कारण नेपालमा थप कोरोना संक्रमणको जोखिम बढेको पाइएको छ । प्रदेश नं. २ को सरकारी कार्यालयबाट प्राप्त जानकारी अनुसार भारतको दिल्ली स्थित निजामुद्धिन मस्जितमा भएको धार्मिक कार्यक्रममा सहभागी नेपाली मुसलमानहरु लुकिछिपी नेपाल आएको हो ।
भारतबाहेक नेपाल, मलेसिया, इन्डोनेसियालगायतका बिभिन्न देशका मुसलमानहरु सहभागी भएका उक्त धार्मिक कार्यक्रममा १७ सय जना मुसलमानहरु सहभागी रहेको जनाइएको छ ।