News

अमेरिकी संस्थाद्वारा पाकिस्तानले महामारीको बेला पनि हिन्दुमाथि विभेद गरेकोमा चिन्ता ब्यक्त

अमेरिकी संस्थाद्वारा पाकिस्तानले महामारीको बेला पनि हिन्दुमाथि विभेद गरेकोमा चिन्ता ब्यक्त

वाशिंगटन डीसी। अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआईआरएफ) कोरोनाभाइरसको प्रकोपको बीचमा “पाकिस्तानमा अल्पसंख्यक हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहायता नदिएको” खबरले चिन्तित भएको छ।

युएससीआईआरएफका आयुक्त अनुरीमा भार्गवले भने, “यी कार्यहकेवल निन्दनीय छन्। कोभिड-१९ महामारी चलिरहेकाे छ, पाकिस्तान भित्र कमजोर समुदायहरू भोकमरीको बिरूद्ध लडेर उनीहरूका परिवारलाई स्वस्थ राख्न काेशिस गरिरहेका छन। खाद्यान्न सहायतालाई दिनु पर्छ त्यसबाट हट्नु हुँदैन।”

भार्गवले पाकिस्तान सरकार मार्फत सहायत दिने संगठनहरू खाद्यान्न वितरणकाे क्रममा भेदभाव नगर्न अाग्रह गरे। उनले हिंदुओं, ईसाइयों र अन्य धर्मका अल्पसंख्यका समुदायलाइ पनि एक नजरले हेर्नु पर्ने बताए।

हिन्दू समुदाय पाकिस्तानको जनसंख्याको सानो अंश रहेको छ र उनीहरू व्यापक भेदभावको सिकार हुन्छन् र प्रायः आधारभूत मानव अधिकारबाट पनि उनीहरू वञ्चित हुन्छन्।

युएससीआईआरएफले टिप्पणी गर्यो कि कराचीमा उदाहरणका लागि, घरबारविहीन र मौसमी कामदारहरूलाई सहयोग पुर्‍याउने गैर-सरकारी संस्था सालानी वेलफेयर इन्टरनेसनल ट्रस्टले हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहयोग गर्न अस्वीकार गरिरहेको छ।

युएससीआईआरएफका कमिश्नर जोनी मूरले भने: “प्रधानमन्त्री खान (इमरान खान) ले हालसालै अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गरेको बेलामा उनले जोड दिए कि विकासोन्मुख देशका सरकारहरूले सामना गर्नु परेको चुनौती भनेको जनतालाई भोकमृत्युबाट बचाउनु हो र कोभिड-१९ काे संक्रमणलाई रोक्न खोज्नु हो। “” यो धेरै देशहरू समक्ष राख्नुपर्ने एउटा महत्वपूर्ण कार्य हो।

प्रधानमन्त्री खानको सरकारले नेतृत्व गर्ने अवसर छ तर तिनीहरूले धार्मिक अल्पसंख्यकहरूलाई पछाडि छोड्नु हुँदैन। अन्यथा उनीहरूले यसमाथि अझ ठूलो संकट थप्न सक्छन्। धार्मिक भेदभाव र अन्तरसम्प्रदायिक कलहको कारणले अवस्था बिग्रिन सक्छ।’

२०१९ को वार्षिक प्रतिवेदनमा युएससीआईआरएफले उल्लेख गरेको थियो कि पाकिस्तानमा हिन्दू र इसाईहरूलाइ सुरक्षाकाे लागि निरन्तर खतराकाे सामना गर्नु परिरहेकाे छ। उनीहरू विभिन्न प्रकारका उत्पीडन र सामाजिक बहिष्कारको सिकार भएका छन्। “पाकिस्तान प्रायः मुलुकमा अल्पसंख्यकलाई दबाउनका लागि अन्तर्राष्ट्रिय आलोचना गरिएको छ। यसैबीच, पछिल्लो तथ्यांकका अनुसार पाकिस्तानमा कोरोनाभाइरसकाे संक्रमितकाे संख्या ५ हजार भन्दा बढी रहेकाे छ। एजेन्सी

विशेष