प्रधानमन्त्रीमा नै कोभिड–१९ देखिएपछि बेलायत चीनदेखी क्रृद्ध
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकार कोरोनाभाइरसँग लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध छ । एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ ।
बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सिमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएका भन्दै असन्तुष्टि जनाएको एक स्थानीय अखबार मेलले उल्लेख गरेको छ ।
उक्त अखबारका अनुसार वैज्ञानिकहरूले जाँनसनलाई बताएका छन कि कोरोनाभाइरसबाट संक्रमितको संख्यालाई चीनले १५ देखि गुणासम्म घटाएर भनेको हुन्सक्छ । चीनले हालसम्म ८१ हजार संक्रमित भएको मात्र स्वीकार गरेका छ । ।
मन्त्रिपरिषद् कार्यालयका मन्त्री माइकल गोभले बीबीसीलाई भने कि उनी चीनले तथ्यांकमा शंका गर्छन् । उनले भने की चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित डिसेम्बरमै देखिएको थियो तर यसको मापन, प्रकृति र संक्रामताको गहिराईबारे चीनले स्पष्ट रुपले केही पनि बताएन ।
चिनियाँ सरकारले कोरोनाभाइरसबाट मात्र ३ हजार २ सय ४ जनाको मृत्युको खुलासा गरेको छ । तर रेडियो फ्रि एशियाका अनुसार वुहानमा अन्त्येष्टि घरहरूले अनुमानित ४२ हजार लाशहरूको अन्त्येष्टि गरेको छ ।
बेलायती अधिकारीहरूले यो भाइरससँग लड्न प्रयास गरिरहेका अन्य देशहरूलाई सहयोग प्रदान गर्दै चीनले आफ्नो आर्थिक शक्ति पनि विस्तार गर्ने कोशिश गरिरहेको आरोप लगाएको छ ।
उक्त अखबारले बेलायतका तीन अधिकारीहरूलाई उद्धृत गरेको थियो, जसमध्ये सबै जाँनसनको सरकार चीनदेखी क्रृद्ध रहेको बताए । उनीहिरुले कोरोनोको प्रभाव सकिएपछि चीनसँगको आफ्नो कुटनीतिक सम्बन्धको बारेमा पुर्नबिचार गर्ने र हिसावकिताब लिने पनि बताएका छन् ।
उक्त अखबारले उल्लेख गरेका छ कि जाँनसनको सरकार यति क्रोधित छ कि प्रधानमन्त्रीले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५जी वायरलेस नेटवर्कको विकास गर्न दिने आफ्नो निर्णयलाई उल्टाउन सक्छन् । जाँनसनको उक्त निर्णयबाट अमेरिकी राष्ट्रपनि ट्रम्प त असन्तुष्ट छदै थिए, कन्जरभेटिव पार्टीका सांसदहरू पनि रुष्ट थिए ।
एक बेलायती मन्त्रीले भने कि चीनको गोप्यताको चाहनाले गर्दा विश्वको अर्थतन्त्रलाई बिगार्न दिनुहुन्न । हामी हुवावे जस्तै कम्पनीहरु हाम्रो अर्थव्यवस्थामा अनुमति दिइरहेका छौं, यसबारे हामिले पुर्नविचार गर्नुपर्दछ ।
जाँनसनले युकेका प्रत्येक घरलाई पत्र लेखेका छन र कडा सामाजिक दूरीका नियमहरू पालना गर्न आग्रह गरेका छन् । पत्रमा उनले आफुमा कोभिड– १९ पोसिटिभ रहेको जानकारी दिँदै स्थितिमा चाँडै सुधार आउने बताएका छन् ।
बेलायती नागरिकहरु हाल लकडाउनमा बस्नुपरिहेको छ भने कडा समाजिक नियमहरुको पालन गर्दैआएका छन् ।