के चीनले सार्वजनिक गरेको कोभिड–१९बाट मृत्यु हुनेको तथ्याँक पत्याउन सकिन्छ ?
चीनद्धारा कोरोना भाईरसबाट मर्नेको संख्या सार्वजानिक भईरहदा त्यसमाथि प्रश्न उठन थालेको छ । चीनका सरकारले अहिले सम्म ३ हजार २ सय ७० जना मर्नेको र ८१ हजार ९३ जना संक्रमित भएको पुष्टी गरेको छ ।
तर चीनका मोवाइल प्रायोगकर्ताहरुको संख्या ह्वातै झरे पछि कोरोनाबाट मृत्यु हुनेको संख्या चीन सरकारले सावर्जनिक गरेको भन्दा निकै नै बढी हुनसक्ने अनुमान लगाईँदै छ ।
चीनमा सूचनामाथि सरकारको पुरै नियन्त्रण हुनुहँदा चीनमा मर्नेको सहि तथ्यांक सावर्जनिक नगरेको टिप्णनीलाई बल पुगेको छ । करीव तीन महिना पहिले वुहान बाट कारोना भाइरस फैलिएको थियो । चीनिँया नागरिकहरुले लिक गरेका भिडियोहरु तथा अन्य विभिन्न दस्तावेजहरु चीन सरकारको तथ्याङ्कमाथि प्रश्न उठन थालेको छ । एक चीनिँया ब्लागरले चीनमा २.१ करोड मोबाईल प्रयोगकर्ताहरुमा कमी आएको दावी गरेका छन ।
न्यूयोर्कमा बसीरहेको चीनिया ब्लोगर जेनिपर जेंगले १९ मार्चमा मोबाईल प्रायोगकर्ताहरुको बारेमा जारी भएको सरकारी मासिक तथ्याङ्क पोष्ट गरेकी छिन् । त्यो तथ्याङ्ककअनसुार सेलफोन प्रयोगकर्ताको संख्या १.६० अरबबाट घटेर १.५८ अरब भएको बताइएको छ ।
यस्तै लैण्डलाईनको प्रयोकर्ताहरुमा पनि कमि आएको देखिन्छ १९.८३बाट कम भएर हाल १८.९९ मात्रै भएको बताईको छ । उनले सांकेतिक रुपमा भनिएको छ कि करोनाका कारण मानिसको मृत्यु भएकाले यस्तो भएको हुन भएको हो । अन्तराष्र्टि«य सञ्चारमाध्यमहरुले चीनको तीन मोवाईल कम्पनीको तथ्याङ्कलाई केलाउदैं डिसेम्बरमा बृद्धि भएको फोन प्रयोगकर्ताको संख्या मार्चसम्म आईपुग्दा ह्वातै झरेकोले कोरोनाबाट मृत्युसम्वन्धि तथ्यांकमाथि प्रश्न उठाएको छ । चीनमा बजार हिस्साको ६० प्रतिशत ओगटने एक मोबाइल कम्पनीको अनसुसार देशमा फेशियल स्क्यान अनिवार्य भएपछि डिसेम्बरमा ३०.७० लाख नयाँ उपभोक्ता जोडिएको थियो । तर जनवरीमा आठ लाख ६२ हजार र फरवरीमा ७२ लाख उपभोक्तामा कमी आएको देखिन्छ । यस्तै चीनिया टेलीकमले जनवरीमा चार लाख तीस हजार र फरवरीमा ५६ लाख प्रयोगकता घटेको जानकारी दिए ।