News

रवि लामिछानेलाई ढुंगानाको पत्र, 'तपाईंले तथ्यहीन कुरा गर्नुभो, गलत गर्नुभो...'

रवि लामिछानेलाई ढुंगानाको पत्र, 'तपाईंले तथ्यहीन कुरा गर्नुभो, गलत गर्नुभो...'

रवी लामिछाने प्रति एक समाचारको विषयलाई लिएर प्रवासीहरु रुष्ट भएका छन् । १-२ जना नेपालीहरुको कुरो सुनेर सिङ्गो गल्फमा बस्ने नेपालीहरुलाइ नै समस्यामा पार्ने मिडियाबाजी गरेको भन्दै उनको चर्को आलोचना भएको हो । रवि लामिछानेका नाममा सार्वजनिक पत्र लेख्दै नन्द ढुंगानाले तथ्य खुलासा गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

उनले फेसबुकमा लेखेका छन्,

'प्रिय रबि लामिछाने दाइ !

युएइका लागि नेपालका राजदूत महामहिम Krishna Prasad Dhakal दाइसग तपाइको ब्यक्तिगत वा पारिबारिक दुश्मनी थियोे हो? एकै नगरपालिका भित्रका भएकाले कुनै दुश्मनी छ भने त मलाई थाहा भएन तर जुन कुरा तपाइले युएइको उठाउनु भएको छ त्यो नितान्त गलत एबम तथ्यहिन हो । युरोप, अमेरिका, जापान लगायत सम्पन्न राष्ट्रमा बस्ने नेपाली भन्दा हामी गल्फमा कार्यरतले सुरक्षीत महसुस गरेका छौ । कम्पनी छोडेर अबैधानिक रुपमा बस्ने, यहाको कानुन बिपरित कार्य गर्ने लगायतका नेपालीहरुले पनि यो महामारीमा औषधि उपचार पाएका छन । तर तपाईंले कुनै १-२ जना नेपालीहरुको कुरो सुनेर सिङ्गो गल्फमा बस्ने नेपालीहरुलाइ नै समस्यामा पार्ने जुन मिडियाबाजी गर्नु भयो यस्लाइ सामान्य रुपमा लिन सकिँदैन । यहाको मानव अधिकार सस्था धेरै सकृय र शक्तिशाली छ । यहाँको कानुनले कामदारको पक्षमा सत्यतथ्य बुझेर वकालत गर्दछ । कतारको बिषयमा पनि यस्तै हावा गफ कसैले दियो भने उक्त बिषयको सत्यता नबुझी मिडियाबाट दुनियाँलाई गाली नदिनुहोला । यहाँ ईमर्जेन्सी सेवामा कल गरेको बढिमा ५-७ मिनेटमा एम्बुलेन्स तथा हेलिकप्टर द्वारा उद्दार हुन्छन । यदि केश सामान्य भएमा स्वयम् कम्पनीकै साधनबाटै हस्पिटल लान सकिन्छ जटिल भएका खण्डमा सरकारि सेवा प्रयोग गर्न सकिन्छ ।'

अरु बेला रवि लामिछानेको प्रसंसा गर्नेहरु पनि यो प्रकरणमा उनको विरोध गरिरहेका छन्।

त्यसैले बोल्नु र लेख्नु अगाडी मध्यपुर्बमा कार्यरत २० लाख नेपालीहरुको भबिस्य माथी खेलबाड नगरी बोलिदिनुहोला । रहरले प्रबासिएका कोहि छैन जति छन र छौ सबै बाध्यताले बिदेशिएका छौ । हाम्रो बाध्यतालाई औजार बनाएर ख्याति कमाउन नलाग्नुहोला बरु सक्नुहुन्छ भने देश भित्रकै हजारौं जस्ले लकडाउनका कारण खास, बस्न र दैनिक जिबिकोपार्जन गर्न सकेका छैन तिनिहरुको उद्दार गर्नु त्यसैमा तपाइको भलाई छ ।

 

विशेष