News विदेश

अमेरिकामा एकलाख भन्दा बढीको ज्यान जान सक्छ : ट्रम्प

अमेरिकामा एकलाख भन्दा बढीको ज्यान जान सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै ज्यान जानेको संख्या दुई लाख ४० हजारसम्म पुग्न सक्ने पनि बताए ।

सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गर्दै उनले वरिष्ठ स्वास्थ्य विज्ञका सल्लाहलाई पालना गर्दै भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरे ।

यसअघि कोरोना भाइरस मात्रै फ्लू रहेको र यसलाई छलको संज्ञा दिने ट्रम्प अहिले भने निकै नै ‘त्रसित’ देखिएको खबरहरुमा उल्लेख छ ।

उनले केही दिनअघिसम्म अमेरिकी जनजीवन सामान्य अवस्थामा चाँडै फर्किने बताउँदै आएका उनी अहिले सामाजिक दूरी कायम गर्ने पक्षमा जोड दिन थालेका हुन् ।

अझै अँध्यारा दिनहरु आउनै बाँकी रहेकाले अबको एक महिना सरकारले सुझाएका सबै नियम पालना गर्न आग्रह गर्दै ट्रम्पले भने, ‘यो जीवन र मृत्युको कुरा हो ।’ सबै अमेरिकी कठीन दिनका लागि तयार होउन् भन्दै ट्रम्पले थपे, ‘अबको दुई हप्ता निकै पीडादायी हुनेछ ।’

 

विशेष