कुहिएको खाद्यान्न वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ

कुहिएको खाद्यान्न वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ

कैलया । लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । ‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको सन्भर्दमा हामीले अनुसन्धान गरिरहेका छौं,’ पंगेनीले खबरहबसँग भने, ‘सोही सन्दर्भमा उहाँ (मेयर यादव)लाई नियन्त्रणमा लिएका हौं । अहिले उहाँसँग सोधपुछ भइरहेको छ ।’

कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।

राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छापा मारेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार राहातमा कुहिएको खाद्यान्न वितरण गर्ने प्रकरणमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।

संम्बधित खबर

विशेष