News

भारतले उपहारस्वरूप नेपाललाई दियाे २३ टन औषधी

भारतले उपहारस्वरूप नेपाललाई दियाे २३ टन औषधी

काठमाडाै । भारतले नेपाललाई २३ टन औषधी सहयोग गरेको छ । भारत सरकारले सहयोग (उपहार) स्वरुप उपलब्ध गराएको औषधिहरु बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

भारतले पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सिक्लोरोक्वीनको २.५ लाख डोेजसहित गरी कूल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु उपलब्ध गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको साझा लडाइँमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री मोदीकै प्रतिबद्धताअनरुप भारतले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक औषधिहरु नेपाललाई उपलब्ध गराएको राजदूत क्वात्राले उल्लेख गरे । दक्षिण एसियाली (सार्क) देशका नेताहरुले कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न संयुक्त प्रतिवद्धता जनाएका छन् ।

गत चैत २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए ।

विशेष