News

प्रधानमन्त्री ओलीको ट्वीटमा मोदीको रिट्वीट- हाम्रो बन्धन मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ

प्रधानमन्त्री ओलीको ट्वीटमा मोदीको रिट्वीट- हाम्रो बन्धन मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् । बुधाबर नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै प्रधानमन्त्री केपी ओलीले सपोर्टका लागि धन्यवाद भन्दै ट्वीट गरेका थिए । 

ओलीको सोहि ट्वीटलाई रिट्वीट गर्दै मोदीले नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताएका छन् । ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ ।’ मोदीले लेखेका छन्, ‘भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’ उनले रिट्वीटमा भनेका छन् । 

भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए ।

विशेष