फेल खायो ओलीको प्लानः रातारात बन्यो नयाँ जनता समाजवादी पार्टी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सहज हुने गरी ल्याएको अध्यादेशको तेस्रो दिनमै नयाँ पार्टीको जन्म भएको छ। ओलीको झेल बुझेर राजपा र समाजवादी पार्टीले बुधबार मध्यरातमा एकता गरेका हुन्। बुधबार दिनको प्रयासपछि दुई पार्टी मिलेर जनता समाजवादी पार्टी बनाएका हुन्।
महन्थ ठाकुरलाई पहिलो वरियता दिएर पार्टी एकता गरिएको हो । सहमतिअनुसार पार्टीको झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ । एकताको घोषणा लोकतन्त्र दिवसका अवसरमा बिहीबार घोषणा हुनेछ ।
प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर यी दुवै पार्टी फुटाउन खोजेका थिए ।
समाजबादि र जनता दल बीच एकीकरन भै बनेको नयां दलको नेता को ? बाहिर आइसकेको छैन । तर दुई दलका बीचमा पूर्बप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भटटराईको नेतृत्वलाई स्विकार गर्ने बारेमा विवाद नरहेको बताइएको छ । महंथ ठाकुर सर्वमान्य नेताका रूपमा रहने र बाबुराम नेतृत्वमा नेतृत्व मण्डल रहने सम्भावना छ । यसबारे ठोस निर्णय हुन बाँकी छ ।